यौन सम्पर्क गर्दा पानी पिउनु पर्छ भन्छन्, के यो साँचो हो
डाक्टर खेम कार्की हस्तमैथुनको क्रममा लिंगलाई बटार्ने, भाच्ने गर्नु भयो भने तपाईलाई समस्या हुन सक्छ : डाक्टर खेम कार्की बिगत २० बर्ष देखि युवा तथा किशोर किशारीसँगै काम गर्दै आउनु भएका डाक्टर खेम कार्की निशुल्क परामर्शदाता पनि हुनुहुन्छ । टोपेन्द्र पुन फेसबुकमा सोध्नुहुन्छः यौन सम्पर्क गर्दा पानी पिउनु पर्छ भन्छन्, के यो साँचो हो ? बढी हस्तमैथुन गर्दा ओठ सुक्छ, किन होला ? यौन सम्पर्क गर्दा पानी पिउनै पर्छ भन्ने कुनै बैज्ञानिक कारण त छैन तर यौन सम्पर्क पनि एउटा शारिरिक प्रयास हो । यौन सम्पर्क राख्दा शारिरिक र मानसिक अभ्यास हुने हुँदा ईनर्जी खर्च हुने हुँदा कसै कसैलाई पानी खानु मन लाग्ने होला तर अनिवार्य पानी खानु पर्छ भन्ने छैन र हस्त मैथुन र पानीको पनि खासै सम्बन्ध छैन । प्रबिन एकल यात्री - उच्च यौन चाहना हुनु भनेको कुनै रोगको लक्षण हो र ? कुनै एक व्यक्ति १५/१६ बर्षको सम्मको हुँदा उसलाई यौन चाहाना हुँदैन , यौन अंगहरुको नियमित बिकास पनि भएको छैन भने त्यो चैं एउटा रोगको लक्षण हुन सक्छ तर यौन अंगको बिकास पश्चात पनि उमेर प।िवर्तनसँगै शरिरमा आउने रासायनिक पदार्थ निश्कन्छ र यौन चाहना हन्छ भने उ स्वस्थ मानिस हो भन्ने बुझिन्छ । तर प्राकृतिक हिसाबले हेर्दा खेरि नौ वटा प्रणालीहरु मध्ये सबै भन्दा पछाडी बिकास हुने भनेको यौन प्रणाली हो । यौन र प्रजनन्को प्रणालीको विकास हुनु भनेके नै यौन चाहना हुनु हो । एक अर्का बिच आकर्षण हुनु प्रेममा पर्नु त्यो स्वस्थ संकेत हो । यदि यौन चाहना हुँदैन, आकर्षण हुँदैन भने त्यो स्वस्थ्य नहुनुको लक्षण हो । यौन चहाना भयो भन्दैमा यसलाई व्यवस्थापन गर्न सकिएन भने पनि जिवन अप्ठेरोमा पर्छ । यौन दुव्र्यवहारको सिकार हुन सक्छौ । अथवा कसैले हामीलाई यौन दुव्र्यवहार गरेको हनु सक्छ । सुबास पाण्डे - डाक्टर कार्की हस्तमैथुन गदाँ फाईदै फाईदा हुन्छ भन्नु हुन्छ, तर मेरो लिङ्गको छाला नै गयो अब त समात्दा पनि दुख्छ । हस्त मैथुन गर्दा गर्दै तपाईलाई लिंग दुख्छ भने हस्तमैथुन पछि तपाईको तपाईको लिंगको छालामा घाउ भएको हुनु पर्छ । छाला र लिंग बिचको टुप्पोको बिचमा दुख्छ भने तपाई हस्तमैथुन गर्न सक्नु हुन्न । त्यसकारणले हस्त मैथुन गर्दा गर्दै छाला नै गयो भन्ने कुरा त हुँनै सक्दैन । पत्याउनै नसक्ने कुरा हो । किन कि यति संबेदनशिल अंग जब दुख्छ त्यस बेला यौन चहाना नै हुँदैन । तर तपाईले लगातार हस्तमैथुन गर्नु भएको छ भने तपाईलाई धन्यवाद तर हस्तमैथुनको क्रममा लिंगलाई बटार्ने, भाच्ने गर्नु भयो भने तपाईलाई समस्या हुन सक्छ । लिंगलाइृ चलाउने हात सफा छैन भने त्यसबाट अरु संक्रमण हुन सक्छ । नभए तपाईले भनेको जस्तो छाला नै जाने समात्नै नमिल्ने गरि त्यो स्थिति सम्म कुनै पनि पुरुष जाँदैन । रबिन बस्नेत- डण्डिफोर मुख्य गरी के कारणले आउँछ ? यसबाट छुट्कारा पाउन के गर्नुपर्छ ? डण्डिफोर मुख्यतया पसिनाबाट आउने चिल्लो पदार्थ र पसिना आउने प्वाल बन्द भएर त्यहाँ संक्रमण भयो भने डण्डिफोर आउन सक्छ । यदि सर सफाईमा ध्यान दिईएन भने चिल्लो पदार्थ आई रहने व्यक्तिलाई डण्डिफोर आउने गर्दछ । यो व्याक्टेरियल हो । यसलाई मार्नु पर्छ । जसको लागि खाने वा खाने औषधीहरु हुन्छन् । एक पटक मात्र खाएर वा लाएर मात्र पनि हुँदैन । कम्तिमा दिनमा ३ पटक मुख सफा राख्नु पर्यो । साबुन लगाउँदा पनि डण्डिफोर आउँछ भन्ने धारण पनि गलग हो । सर सफाई महत्वपुर्ण कुुरा हो । कबिन्द्र चन्द - टाउकोको माथिल्लो भाग दुख्छ र मन खिन्न भईरहन्छ, के यो डिप्रेशन हो ? मन शान्ति हुँदैन , मन खिन्न हुन्छ भने यो डिप्रेशन लक्षण हुन सक्छ तर तपाईलाई लगातार यस्तो हुन्छ । कोहिसँग पनि बोल्न मन लाग्दैन । दिन दिनै काम गर्ने जाँगर लाग्दैन । आत्म ग्लानी हुन्छ । यो संसारमा बाच्नु झुटा हो भन्ने लाग्छ भने यो डिप्रेशनको लक्षण हो । तपाईलाई डिप्रेशन भएको हुन सक्छ । तर टाउने दुख्ने बित्तिकै डिप्रेशन भएको भन्न मिल्दैन । टाउको को माथिल्लो भाग पिनासको कारण वा अन्य जस्तै आँखा कमजोर भएर पनि दुख्न सक्छ । यो सबै कुराको लागि नाक, कान , घाँटी र आँखाको बिशेषज्ञ डाक्टरसँग तपाईले परामर्श गर्नु राम्रो हुन्छ । शुभराज- चिलाउने दाद सर्छ ? सर्छ भने बच्नलाई के गर्नुपर्ला ? दाद सर्छ तर हुने बित्तिकै चैं सर्दैन । दाद भएको व्यक्तिको कपडा अरुले प्रयोग गर्दा चैं सर्छ र दाद भएको व्यक्तिले प्रयोग गरेको दाह्री काट्ने मशिन पनि अरुले प्रयोग गर्नु हँुदैन । बच्नका लागि उपचार ठुलो कुरा हो । अत्तिनु पदैन । शिव चौधरी - मेरो श्रीमति को योनिबाट सेतो पानी बग्ने समस्या छ । भिडियो एक्स रे र नियमित जाँच गराउँदा नर्मल देखाउछ । ३, ४ बर्ष हुन लाग्यो ।धेरै ठाँउमा ट्रिटमेन्ट गराए तर सन्चो भएन के गर्ने होला ? औषधी खादा केही दिन सन्चो भए जस्तो हुन्छ तर केही दिन पछी जस्ताको त्यस्तै हुन्छ । आर्यूबेदिक औषधी पनि खाएको तर सन्चो भएन । सामान्यतया सेतो पानी बग्ने कुनै समस्या हैन । तर सेतो पानीसँगै गन्हाउने पानी र चिलाउने पनि भयो भने केहि संक्रमण भएको हो कि भन्ने बुझिन्छ । नत्र भने योनीमा सेतो पानी , योनीलाई ओसिलो बनाउनको लागि बग्ने हो । योनी सुख्खा भयो भने योनीमा घाउ वा संक्रमण हुन सक्छ । यदि नगन्हाउने पानी मात्र योनीबाट आउने हो , तल्लो पेट पनि दुख्दैन र योनी चिलाउन पनि चिलाउँदै भने यस्तो बेलामा आत्तिनु पदैन । बरु योनीको सर सरफाईमा भने सधैं ध्यान दिनु होला । थप जानकारीको लगि तपाईले नजिकको स्वास्थ्य संस्थामा पनि सम्पर्क गर्न सक्नुहुन्छ ।@ रेडियो अडियो
यस्तो छ बीर अस्पतालको अतिविशिष्ट उपचार कक्ष आश्विन ७, २०७३- मन्त्रीभन्दा माथि सबैजना अलिकति विरामी भयो की विदेश धाउँछन् । केही समयअघि एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवा क्रमश: सिंगापुर र थाइलेण्डमा उपचार गराएर आएका छन् । पूर्व राष्ट्रपति डा. रामवरण यादव छोराछोरीसहित अमेरिकामा उपचार गराउन गएका छन् । तर, वीर अस्पतालको अति विशिष्ट उपचार कक्ष भने बहुदल आएपछि नै खाली छ । कस्तो छ त त्यो कक्ष
| Copyright © 2013 खबर भण्डार